‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो’ « Khabarhub

‘महाजात्रा’ हेरेपछि रमिला भन्छिन्– ‘श्रीमानले पिटाइ खाएको देख्दा दुःख लाग्यो’


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र जस्तो होस् प्रिमियरमा निर्माण पक्षले पाउने बधाई नै हो । त्यसैले प्रिमियरको प्रशंसालाई चलचित्रकर्मी स्वयं सत्य मान्दैनन् ।

‘जात्रा’ फिल्मको तेस्रो सिक्वेलका रुपमा निर्माण गरिएको ‘महाजात्रा’को प्रिमियरमा सिभिल मलमा कलाकर्मी र अतिथिको बाक्लो उपस्थिति थियो । मंगलबार भएको प्रिमियरमा फिल्म सुरु भएदेखि नै हलमा हाँसोको कमी भएन ।

प्रिमियरपछि उपस्थित कलाकर्मीले ‘महाजात्रा’को खुलेर प्रशंसा गरे । हलमा गुञ्जिएको हाँसोको कारण पनि उनीहरूकाे प्रशंसा सत्य होइन भन्न नसक्ने माहोल बनेको थियो ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले नायक विपिन कार्कीको अभिनयको प्रशंसा गरिन् । फिल्मले कस्तो व्यापार गर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘प्यार भएपछि व्यापार त अवश्य हुन्छ । यसले दर्शकबाट प्यार पाउँछ ।’

त्यस्तै नायिका ऋचा शर्माले फिल्मका लेखक र निर्देशक भट्टराईको कामको प्रशंसा गरिन् । फिल्म उत्कृष्ट बनेको र लेखनको पाटो उत्कृष्ट रहेको उनको तर्क थियो ।

कलाकार निर्मल शर्माले फिल्म हेर्दा आफू निकै हाँसेको बताए । अभिनयको पाटोमा कुनै कमजोरी नरहेको बताउँदै उनले भने, ‘गज्जब बनेको छ । यो फिल्मका कलाकारको अभिनयको बारेमा बयान गर्ने मेरो कुनै हैसियत छैन ।’

गायक प्रकाश सपुतले भने आफू सामान्य विषयमा नहाँस्ने भए पनि फिल्म हेर्दा धेरै पटक हाँसेको बताए । उनले फिल्मको प्रशंसा गर्दै भने, ‘अन्य फिल्मको तुलनामा एकदमै हाँसियो ।’

त्यस्तै, हरिवंशकी श्रीमती रमिला पाठकले भने फिल्ममा श्रीमानले पिटाइ खाएको देख्दा नराम्रो लागेको बताइन् । समग्रमा फिल्म राम्रो बनेको बताउँदै उनले भनिन्, ‘प्रदीप भट्टराईको फिल्म राम्रै हुन्छ । उहाँ (हरिवंश)को अभिनय हेर्दा त राम्रो लाग्छ नै तर पिटाइ खाँदा दुःख लाग्यो ।’

महाजात्रा चैत ९ गतेबाट नेपाललगायत विश्वका धेरै देशमा एक साथ प्रदर्शन हुँदैछ । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दिव्य देव, सुमन कार्की, वर्षा राउत, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ३३ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण