आज 'विश्व मुख स्वास्थ्य दिवस' मनाइँदै | Khabarhub Khabarhub

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ ।

शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ। पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।

दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ दन्तचिकित्सक डा. भुमेश काफ्लेले बताए ।  नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । डा. काफ्लेका अनुसार बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्न सकिन्छ ।

अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाए पछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए । नियमित रुपमा ब्रस गर्ने, कम्तिमा पनि ६–६ महिनामा दन्त चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ। त्यस्तै कहिलेकाहीँ मुखमा घाउहरू आउने, मुख पोल्ने जस्ता समस्या आउँछन्। यो भनेको प्रि क्यान्सरको लक्षण हुनसक्छ। समयमै उपचार गरिएन भने पछि गएर मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ। त्यसैले समयमै उपचार गराउन उनको सुझाव  छ । 

दाँत तथा मुखमा देखिने समस्या 

– दाँतमा किरा लाग्ने।
– दाँत खिइने।
– दाँत हल्लिने।
– दाँत सिरिङ सिरिङ हुने।
– गिजा सुन्निने ।
– गिजाबाट रगत बग्ने।
– मुखभित्र घाउ खटिरा आउने।

मुख तथा दाँतलाई स्वस्थ राख्ने तरिका

–बिहान खाना खाइसकेपछि र बेलुका खाना खाइसकेपछि एक पटकमा तीन मिनेटसम्म ब्रस गर्ने।

–दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ।

–दाँत माझ्दा फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्नुपर्छ।

–मञ्जन प्रयोग गर्दा साना बालबालिकाका लागि सानो केराउको दाना जतिकै मात्रामा प्रयोग गर्ने।

–ठुला व्यक्तिका लागि ठुलो केराउको दाना जतिकै मात्रामा मञ्जन प्रयोग गर्ने।

–दाँत माझ्दा मुखभित्रको अगाडि पछाडिको दाँत, तल माथिको दाँत, जिब्रो र जिब्रोभन्दा माथिको भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ।

–सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने।

–अत्यधिक मात्रामा चिसो पदार्थ सेवन नगर्ने।

–चकलेट वा गुलियो पदार्थ खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने।

–दाँतमा खानेकुरा अड्कीएका साफा पानीले मुख कुल्ला गर्ने।

–ढुङ्गा, तार वा कुनै पनि कडा वस्तु वा धातु नटोक्ने।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : २३ बजे

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक