सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको र धेरै जनाको ज्यान गएको भन्दै सवारी दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

राष्ट्रियसभा सदस्य विमला घिमिरेले जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रँदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको बताइन् । सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिनुपर्ने उनले बताइन् । घिमिरेले सुरक्षाका मापदण्ड अपनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशमा धेरै सवारी दुर्घटना भइरहेको अवस्थामा सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

त्यस्तै अर्का सदस्य जयन्ती राईले सडक दुर्घटनामा मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन माग गरिन्  । उनले सवारी साधानहरुको अनुगमन गर्दै सडक स्तरोन्नतीमा पनि ध्यान दिनुपर्ने बताइन्  ।

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, तुलप्रसाद विश्वकर्मा लगाएतले पनि सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको भन्दै सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया