इन्जिन बिग्रिएको सरकारले गियर फेर्दैमा परिवर्तन हुँदैन : सांसद खतिवडा « Khabarhub

इन्जिन बिग्रिएको सरकारले गियर फेर्दैमा परिवर्तन हुँदैन : सांसद खतिवडा


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिडेको आरोप लगाए । सहकारी ठगलाई सरकारले नै संरक्षण गरेर जनतालाई ढाट्ने काम गरेको उनको भनाइ थियो ।

सांसद खतिवडाले सरकारले हिजो सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोग गठन गर्ने भनेर उल्लेख गरिएको स्मरण गर्दै सहकारी ठगीमा संसदीय समिति गठनको माग गर्दा भागेर हिँड्ने सरकारबाट कस्तो अपेक्षा गर्ने भन्दै प्रश्न गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन परिवर्तनका क्रममा सरकारको गियर परिवर्तन गर्नु पर्‍याे भनेको प्रशंगमा एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम नगर्ने दाबी गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ३६ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी