सोलुखुम्बुबाट यस्तो देखियो प्रचण्ड सरकारको अनुहार « Khabarhub

सोलुखुम्बुबाट यस्तो देखियो प्रचण्ड सरकारको अनुहार

नागरिकता बनाउने कर्मचारी ९ महिना गायब, भीरको लास भीरमै


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका चर्चित नेता बलबहादुर केसीलाई हराएर प्रतिनिधिसभामा आएका हिमाली जिल्ला सोलुखुम्बुका एमाले सांसद मानवीर राईले बुधबार संसदमा २ मिनेट बोल्ने मौका पाए ।

दुई मिनेटमा सांसद राईले जे सुनाए, त्यसबाट प्रचण्ड सरकारले दाबी गर्दै आएको ‘सुशासन’ वा ‘चुस्त प्रशासन’ को गफलाई गिज्याएको प्रतीत हुन्छ ।

संसदमा मानवीरले दुई मिनेटमा बोलेको कुराले दुर्गम जिल्लाका नागरिकको दैनिक काममा सरकारको उपस्थिति शून्य रहेको देखाएको छ । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा सुशासनका लागि काम गरें भनिरहेका बेला एमाले सांसद राईले वास्तविकता उजागर गरिदिएका छन् । साथै दुर्गम क्षेत्रमा सुरक्षाकर्मीको स्थिति पनि कमजोर रहेको राईले स्पष्ट पारेका छन् ।

एमाले सांसद राईले बुधबार प्रतिनिधिसभामा बोल्दै भने, ‘लामो समयदेखि सोलुखुम्बु जिल्लाको इलाका प्रशासन कार्यलयमा प्रशाकीय अधिकृत नहुँदा नागरिकता वितरण लगायतका विभिन्न काम अवरुद्ध भएको छ ।’

उनले थपे, ‘त्यसैगरी सोलुखुम्बु जिल्लाको नाम्चे इलाका प्रशासन कार्यालयमा पनि गत ८÷९ महिनादेखि अधिकृत नहुँदाखेरि जनताले सास्ती दुःख पाएका छन् ।’

जिल्लाका दुईवटा इलाका प्रशासनबाट जनताले नागरिकता बनाउने लगायतका सरकारी सेवा लिन नपाएको ९ हप्ता होइन, ९ महिना पुगिसकेको रहेछ । यतिका दिनसम्म त्यहाँ सरकारले देखेन । भनेपछि, दुर्गमका जनताको दुःख कस्तो होला ? सांसद राईको भनाइबाट अनुमान लगाउन सकिन्छ ।

दुर्गम जिल्लामा सरकारी सेवाको त्यो स्थिति छ भने प्रहरी प्रशासनको उपस्थिति नहुँदा भीरमा अड्किएको लाससमेत भीरमै अलपत्र परेको सांसद राईले संसदमा दर्दनाक घटना सुनाए ।

‘दूधकोशी वडानम्बर १ बस्ने वर्ष २५ को केशव राई विगत फागुन २७ गतेबाट हराइरहेकोमा चैत ६ गते सोलुखुम्बु जिल्लाको विशेष पर्यटकीयस्थल खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर ३ दूधकोशीको किनारको अनकन्टार भीरमा उहाँको लास भेटिएको छ,’ राईले भने, ‘आजसम्म निकाल्न सकिएको छैन । शंकास्पद रुपले निजको घटना घटेको कुरा म गृहमन्त्री सरकारलाई अनुरोध गर्न चाहन्छु ।’

राईले अगाडि भने, ‘पर्यटकीय जिल्ला सोलुखुम्बुमा विभिन्न ढंगका शंकास्पद घटनाहरु घटिरहेका छन् । सोताङ गाउँपालिका वडा नम्बर ३ निवासी तुलमान राई चैत ६ गते हुँगा नदीको पुल बनाउने क्रममा ढुंगाले किचेर मारिएका छन्, । सरकारबाट क्षतिपूर्ति, राहत प्रदान गरियोस् ।’

 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १२ : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।