मुलुकमा समृद्धिको यात्रालाई गति दिन सरकार प्रतिबद्ध : अर्थमन्त्री पुन « Khabarhub

मुलुकमा समृद्धिको यात्रालाई गति दिन सरकार प्रतिबद्ध : अर्थमन्त्री पुन


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय सभा बैठकमा  विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नयाँ सत्तासमिकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने बताए । पुँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानून र प्रक्रिया सुधार अघि बढाइने उनले बताए । मन्त्री पुनले आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने जानकारी दिए।

आगामी वर्षको बजेट सोह्रौं योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरू कार्यान्वयन गर्ने वर्ष हुने समेत उनले बताए । मन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच सहित कार्यान्वयनमा आउने योजनाका कार्यक्रमहरूको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष संविधानमा उल्लेख भए बमोजिमको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि केही ठोस आधार तयार हुने धारणा राखे ।

त्यस्तै उनले बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गरिने बताए ।

सहकारी र लघु वित्तमा रहेका समस्या तथा र मिटरब्याज पीडितहरूको साथमा सरकार रहेको भन्दै उनले यसका लागि सरकारले काम अगाडि बढाइ सकिएको जानकारी दिए । उनले कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने जिकिर गरे । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : १३ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको