प्रतिनिधिसभा : छोटी भन्सारबाट सहज आवात-जावतको माग « Khabarhub

प्रतिनिधिसभा : छोटी भन्सारबाट सहज आवात-जावतको माग


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा धारणा राखेका छन् ।  

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले कोरोना महामारीको समयमा बन्द भएका नेपाल–भारत सीमाका छोटी भन्सार कार्यालयबाट हुने आवतजावत सहज बनाउन माग गरे ।

‘छोटी भन्सार नाकामा चारपाङ्ग्रे सवारी बन्द हुँदा तराई–मधेसका नागरिकलाई दुई देशबीच आवतजावतमा समस्या भएको छ । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरमा सडक विस्तारका कारण बिजुलीका पोल अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको बताए। उनले सडकको बीचमा अलपत्र बिजुलीका पोल तत्काल व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केनद्र)का सांसद विमला सुवेदी काठमाडौँ–नुवाकोट जोड्ने पासाङल्हामु राजमार्गअन्गर्तको तीनपिप्ले रानीपौवा सडक ठेक्का प्रक्रियामा जानु राम्रो भएको भन्दै रानीपौवा र पीपलटार सडकको पनि स्रोत व्यवस्थापन गरी अविलम्ब ठेक्का प्रक्रियामा लैजान आग्रह गरिन् । 

साथै, उनले भूकम्पबाट क्षतिग्रस्त नुवाकोट दरबारको पुननिर्माण नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । 

सांसद भीमप्रसाद आचार्यले सुनसरी, मोरङ र झापा जिल्लामा हात्तीको आतंक बढ्दै गएको र  इटहरी वडा २ मा हात्तीको आक्रमणबाट  रवीन खड्काको मृत्यु भएको र उनको घरमा क्षति पुगेको, इटहरीकै गीता आचार्यको १५ कट्ठामा लगाएको केरा खेतीमा क्षति पुर्‍याएको हुँदा हात्ती नियन्त्रण र निजहरूलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।

सांसद मीना तामाङले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि खेतीलाई प्रोत्साहन गर्न कृषिमैत्री बजेट ल्याउँनुपर्नेमा जोड दिइन्। सांसद मैना कार्कीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सर्वोच्च अदालतको फैसला, पीडितको मागअनुसार निष्पक्षरूपमा ऐन संशोधन गरी छिटो निष्कर्षमा पुर्‍याउन माग गरिन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले राजमार्ग निर्माणमा बढी ध्यान दिनुपर्नेमा पहुँचवालाको ठाउँमा मात्र सडक निर्माणका लागि बजेट विनियोजन भएको भन्दै आगामी आवको बजेटमा ध्यान दिनुपर्ने बताए। सांसद योगेन्द्र मण्डलले केही दिनदेखि धेरै स्थानमा आगलागी भएको र विपन्न बस्ती बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारमा गएका धादिङका पहलमान थापा र ओखलढुङ्गाका भुवन श्रेष्ठ बल्डमनीको अभावमा जेलमा रहेको भन्दै उनीहरूलाई निकाल्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद राजु थापाले वर्तमान गृहमन्त्रीमाथि सहकारीको पैसा हिनामिनाको आरोप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

     

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : २६ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण