एमालेले देश बनाउने संकल्प पुरा गर्नेगरी काम गर्छ : ओली « Khabarhub

एमालेले देश बनाउने संकल्प पुरा गर्नेगरी काम गर्छ : ओली


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने  संकल्पलाई पुरा गर्नेगरी काम गर्ने बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने  संकल्पलाई पुरा गर्नेगरी काम गर्ने उद्देश्यका साथ अघि बढेको बताएका हुन् ।

ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिँदै कम्युनिष्टका नाममा स्वार्थी अवसर खोज्नेहरू आफै पतन हुँदै जाने जिकिर गरे । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सबैभन्दा पीडा सिंहलाई नै भएको उनले टिप्पणी गरे । अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए ।

ओलीले काठमाडौं जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहोर्‍याउने गरि तयारी गर्न समेत निर्देशन दिए । 

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ४ : ४५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई