एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवारीबारे छलफल गर्ने  « Khabarhub

एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवारीबारे छलफल गर्ने 


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न गठबन्धनहरूसँग छलफल गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनदलहरुसंग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीहरुसंग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए ।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन्  ।

 पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताए । 

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो ।   

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ०५ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको