नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन  | Khabarhub Khabarhub

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको पछिल्लो समयमा भने शेयर मूल्यमा भारी गिरावट आएको छ । लामो समयदेखि ओरालो लागेको नेप्सेसँगै पछिल्लो समयसम्म आइपुग्दा झण्डै आधा अर्थात् ९ वटा वाणिज्य बैंकको शेयर मूल्य भने २ सय रुपैयाँ भन्दा तल सीमित भएको छ ।

चालु आर्थिक वर्ष सुरुवात भएपछि पनि केही कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरे तर, वाणिज्य बैंकहरुमा भने लगानीकर्ताको आकर्षण हुन नसकेको देखिन्छ ।

२ सय रुपैयाँ भन्दा तल शेयर मूल्य भएका बैंकहरु

ग्लोबल आईएमई बैंक  : अब्बल बैंक मध्येमा पर्ने ग्लोबल आईएमई बैंकको शेयर मूल्य भने प्रतिकित्ता २ सय भन्दा तल छ । राम्रो नाफा दिने बैंकको तीन महिनाको शेयर कारोबारलाई हेर्दा त्यति गति लिन नसकेको देखिन्छ ।

गएको माघ महिनामा बैंकको प्रति शेयर मूल्य २ सयको हाराहारीमा मात्रै कारोबार भएको थियो । २०८० साल माघ १ गते २०७ रुपैयाँबाट शुरु भएको बैंकको शेयर कारोबार महिनाको अन्त्यसम्ममा १९८ मा सीमित हुन पुग्यो ।

यस्तै फागुन महिनामा मूल्य घटेर १८४ पुगेको सो बैंकको शेयर मूल्य महिनाको अन्तिमसम्म पुग्दा १९७ मा सीमित भयो । चैतमा पनि ग्लोबलको शेयर मूल्यको ओरालो यात्रा रोकिएन, चैत महिनाको अन्तिम दिन पुग्दा १८२ मा झर्‍याे

नयाँ वर्षमा पनि सो बैंकको शेयरमूल्यमा थप गिरावट हुने क्रम जारी छ । नयाँ वर्षको पहिलो हप्ताको अन्तिम दिन बिहीबार भएको कारोबारसम्म पुग्दा बैंकको प्रतिकित्ता शेयर मूल्य १७५ पुगेको छ ।

सिटिजन बैंक इन्टरनेशनल : तीन महिनाको तथ्यांकलाई हेर्दा सिटिजन बैंकको शेयर मूल्य २ सय भन्दा तल नै घुमिरहेको छ । माघ १ गते १७२ रुपैयाँबाट कारोबार सुरु भएको बैंकको शेयर सबैभन्दा बढी १८४ सम्म पुग्यो भने महिनाको अन्त्यसम्म १६७ मा सीमित भयो ।

त्यस्तै, फागुन महिनाको अन्त्यसम्म पुग्दा भने माघको तुलनामा केही सुधार भएर बैंकको शेयर मूल्य १७० पुगेको थियो । तर, चैत महिनाको अन्तिमसम्म पुग्दा बैंकको शेयर मूल्य १५९ मा सीमित भयो । यसरी हेर्दा तीन महिनाको अवधिमा सबैभन्दा बढी १९० र सबैभन्दा कम १५४ सो बैंकको शेयर मूल्य रह्यो ।

त्यस्तै, नयाँ वर्षको दिन १५९ बाट कारोबार सुरु बैंकको शेयर मूल्य बिहीबार थप घटेर १५८ मा पुगेको छ ।

हिमालयन बैंक : यो बैंकको शेयर मूल्यले पनि लगानीकर्तालाई उत्साह दिन सकेको छैन । पछिल्लो ३ महिनाको बैंकको शेयर मूल्यलाई विश्लेषण गर्दा २ सय माथि उक्लिने प्रयत्नमा माघ महिनामा केही सफलता हासिल गर्ने संकेत देखिएको भएतापनि अन्ततः २ सय भन्दा तल नै सीमित हुन पुगेको छ ।

माघ १ गते २११ रुपैयाँबाट कारोबार सुरु भएको बैंकको शेयर मूल्य महिनाको अन्त्यमा १९९ मा सिमित भयो । त्यसपछि फागुन महिनामा पनि बैंकको शेयर मूल्यले आफ्नो ओरालो यात्रालाई कायम राख्दै अन्तिम दिनको कारोबारसम्म १९६ र चैत महिनाको अन्तिमसम्म आइपुग्दा १८४ मा झर्‍याे

तीन महिनाको अवधिमा सबैभन्दा बढी २२२ र सबैभन्दा कम १७९ रुपैयाँमा कारोबार भयो । नयाँ वर्षको शुरुवातसँगै साताको अन्तिम कारोबारसम्म आइपुग्दा बैंकको शेयर मूल्यमा थप गिरावट आएर १७९.६ रुपैयाँमा सीमित भएको छ ।

कुमारी बैंक : पछिल्लो समयमा कुमारी बैंकको शेयर मूल्य निकै तल र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम स्थानमा पुगेको छ । पछिल्लो ३ महिनाको तथ्यांकलाई हेर्दा बैंकको शेयर मूल्य १५० वरिपरि मात्रै घुमिरहेर पछिल्लो कारोबारसम्म आइपुग्दा १३५ मा सीमित भएको हो ।

माघको पहिलो दिन प्रति कित्ता १५८ रुपैयाँबाट सुरु भएको कारोबार महिनाको अन्तिम दिनमा १५१ रुपैयाँमा सीमित हुन पुग्यो । त्यस्तै फागुन महिनाको पहिलो दिन नै १४६ रुपैयाँबाट सुरु भएको कारोबार अन्तिम दिनसम्म पुग्दा भने केही सुधार भएर १४९ रुपैयाँमा पुगेको थियो ।

तर, बैंकको शेयर मूल्य ओरालो यात्रा थामिन नसकेर १३७ रुपैयाँमा ओर्लियो । नयाँ वर्षसँगै फेरि खराब प्रदर्शन गर्दै पहिलो साताको अन्तिम कारोबारको दिन कुमारीको शेयरले आफूलाई १३५ को मूल्यमा सीमित गरेको छ । तीन महिनाको अवधिमा बैंकको सबैभन्दा बढी शेयरमूल्य १६३ रुपैयाँ पुग्यो भने सबैभन्दा कम १३७ रुपैयाँ रह्याे ।

लक्ष्मी सनराइज बैंक : यस बैंकको शेयर मूल्य पनि लामो समयदेखि २ सय भन्दा तलको घेरामा मात्रै सीमित रहेको छ । माघ १ गते १७५ रुपैयाँ प्रतिकित्ताबाट सुरु भएको सो बैंकको शेयर कारोबार महिनाको अन्तिम १६६.५ मा बन्द भएको थियो । तर, फागुन भने केही सुधार भएर १६८ पुगेको शेयर मूल्य चैत महिनाको अन्त्यसम्म अर्थात् वर्षान्तसम्म पुग्दा भने १४९ मा सीमित हुनपुग्यो ।

चैत महिनासम्ममा बढीमा १८१ र न्यूनतम १४९ पुगेको शेयर मूल्य नयाँ वर्ष २०८१ को पहिलो हप्ताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा १५०.९ मा बन्द भएको छ ।

माछापुच्छ्रे बैंक : यो बैंकको पछिल्लो तीन महिनाको शेयर मूल्यले आफूलाई २ सय माथि कायम राखिरहन सकेको छैन । माघ १ गते २०६ रुपैयाँमा कारोबार सुरु भएको यस बैंकको शेयर मूल्य सो महिनाको अन्तिमसम्म पुग्दा भने १८५ मा पुग्यो ।

तर, फागुन महिनामा भने उतारचढावका बीच बैंकको शेयर मूल्यमा केही सुधार भएर १९० पुगेको थियो भने वर्षको अन्तिम कारोबार अर्थात् चैतको अन्तिमसम्म आइपुग्दा तीव्र ओरालो लागेर १७२ मा सीमित हुनपुग्यो ।

नयाँ वर्षको पहिलो हप्तापनि माछापुच्छ्रेका लागि सुखद रहेन, नयाँ वर्षको पहिलो हप्ताको अन्तिम कारोबारसम्म आइपुग्दा सो बैंकको शेयर थप १ रुपैयाँले घटेर १७१ मा सीमित भएको छ ।

एनएमबि बैंक : पछिल्लोे अवधिमा एनएमबि बैंकको शेयर मूल्यपनि २ सय भन्दा तल पुगेको छ । माघ १ गते २०२ रुपैयाँमा कारोबार सुरु भएको बैंको शेयर मूल्य कारोबार अन्त्यमा १९१ रहेको छ  ।

फागुनको अन्तिमसम्म फेरि उकालो लागेर २०१ पुग्यो भने चैतको अन्तिमसम्ममा १७९ मा पुग्यो । नयाँ वर्षको सुरुवातसँगै सो बैंकको शेयर मूल्य थप ओरालो लागेर हप्ताको अन्तिम कारोबारसम्म आउँदा १७४ मा सीमित भएको छ ।

प्रभु बैंक : प्रभु बैंकको शेयर मूल्य पछिल्लो ३ महिनामा १७० रुपैयाँभन्दा तल मात्रै घुमिरहेकोमा पछिल्लो कारोबार समयसम्म आइपुग्दा त झनै तीव्र गतिमा ओरालो लागेर १४० भन्दापनि तल पुगेको छ ।

तथ्यांकअनुसार माघमा १६५ रुपैयाँबाट शुरु भएको बैंकको शेयर कारोबार महिनाको अन्तिममा पुग्दा १३७ र फागुनको अन्त्यसम्म १५२ मा पुगेको थियो । वर्षको अन्तिम महिना अर्थात् चैतमा १५१ बाट सुरु भएको कारोबार निरन्तर ओरालो लागेर चैत २८ गते पुग्दा १४२ मा सीमित हुनपुग्यो ।

साथै, नयाँ वर्षको सुरुवात प्रभुका लगानीकर्तालाई उत्साहप्रद हुन सकेन । नयाँ वर्षको पहिलो सातामा फेरि प्रतिकित्ता २ रुपैयाँले घटेर १३९ मा सीमित भएको छ ।

प्राइम कमर्सियल बैंक : यो बैंकको शेयर मूल्यले पनि २ सय भन्दा तलको घेरामा घुमिरहेको छ । माघको सुरुमा २०७.१ बाट सुरु भएको कारोबार पछिल्लो समयसम्म आउँदा १२ अंकले तल पुगिसकेको छ ।

फागुनको अन्तिममा १९३ मा झरेको शेयर मूल्य वर्षान्तको अन्तिम कारोबार अर्थात चैत अन्तिममा १९० मा सीमित हुन पुग्यो । साथै, नयाँ वर्षको पहिलो साताको अन्तिम दिनको कारोबारसम्म आइपुग्दा बैंकको शेयर मूल्यमा थप गिरावट भएर १८८ मा पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ९ : ५९ बजे

एनआरएनए अस्ट्रेलियामा एकता महाधिवेशनको तयारी 

काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने

जाऊँ है हेर्न चित्लाङको भेडाफार्म (तस्बिरहरू)

काठमाडौं– बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नं. ६ मा

बाँझिएका बारीहरूमा उखुखेती, पाँच महिनामा एक करोडको कारोबार

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर

रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा मनिषा (तस्बिरहरू)

काठमाडौं– अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

बागलुङको रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालन

गलकोट– बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको