रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने  | Khabarhub Khabarhub

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनका लागि आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको बताएका छन् । 

चुनावी प्रचार प्रसारका लागि इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै  रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह समेत गरे ।

आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले ठट्टा गर्दै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’

उनले थपे, ‘मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बू आउँछ । लामिछानेले गर्न सकेन भने अर्को आउँछ । तपाईँ त शक्तिशाली जनता हो । के ऋण खानु भएको छ र मेरो  के ऋण खानुभएको छ र मिलन लिम्बुको ?अरूको खाच्चखुच्च खानुभयो होला । हाम्रो त खुवाउनै सक्दैनौँ  खुवाउँदैनौँ पनि, यी पानी खुवाउने पैसा छैन हाम्रो त ।’ 

रास्वपाले यतिखेर आफ्नो ध्यान इलाम २ को उपनिर्वाचनमा केन्द्रित गरेको छ । लामिछाने उम्मेदवार लिम्बूलाई भोट माग्न दोस्रो पटक इलाम  २ गएका हुन् । 

यसअघि मन्त्रीहरू सुमना श्रेष्ठ, डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ पनि इलाम २ पुगेर लिम्बूलाई भोट मागेका छन् । 

रास्वपाका अन्य नेताहरू पनि इलाममा जाने आउने गरिरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १ : ०८ बजे

एसीसी यु-१६ सेमिफाइनलः मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा