कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी « Khabarhub

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार दर्शनार्थी सहभागी हुने गरेका छन् । मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दैनिक दर्शनार्थी बढिरहेको बताए । 

आयोजकले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेर सोहीअनुरूप मेलाको व्यवस्थापन गरिएको जनाएको छ । दश दिन बितिसक्दा जम्मा दुई लाखमात्र दर्शनार्थी सहभागी हुनुले आयोजकले लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागी आउन सम्भव नहुने चर्चा चलिरहेको छ । 

सहअध्यक्ष तथा नगरप्रमुख कार्की भने दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले अन्तिमसम्ममा लक्ष्य पूरा हुने अपेक्षा गरिएको बताउँछन्। 

उनले भने , ‘पछि दर्शनार्थी बढ्दै जाने विगतको पनि अवस्था हेर्दा हामी लक्ष्यमा पुग्र्छौं भन्ने लाग्छ ।’ कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । 

सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालबाट मात्र होइन पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका जिल्लाबाट मान्छेहरु आइरहेको कार्कीले बताए । 

त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरुपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, पानी, शौचालय जस्ता आधारभूत कुराहरुको उचित व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट देखिएको सहअध्यक्ष तथा नगर प्रमुख कार्कीको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  २ : ५७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका