पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार « Khabarhub

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२औँ अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगत्को ठूलो भूमिका रहेको बताएका छन् ।

प्रदेश प्रमुख परियारले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताए।

प्रदेश प्रमुख परियारले नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डोर्‍याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई अनुरोध गरे ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवं प्रवर्द्धनमा सहयोग पुर्याउन सुझाव दिए। लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए। उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए ।

साधारणसभामा आर्थिक तथा सांगठनिक प्रतिवेदन पेस गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का, पेसागत संगठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासङ्घका पूर्वअध्यक्षहरुलगायत करिब एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ४ : ५३ बजे

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्