प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी « Khabarhub

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताएका छन्। 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद र १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री सोडारीले भने, ‘खेलकुदका क्षेत्रमा यस प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा यसअघिभन्दा उत्साहपूर्ण ढङ्गले बजेट विनियोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले हिजोका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुदूरले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम भएर नयाँ आशा जगाएको बताए। मुख्यमन्त्री सोडारीले पदक प्राप्त खेलाडीलाई प्रदेश सरकारले सम्मानस्वरुप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।  

राष्ट्रिय खेलकुद परिषद्ले यही वैशाख ४ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना गरेको १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा यस प्रदेशले १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदक प्राप्त गरी प्रथम भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।  

बागमती प्रदेश खेलकुद परिषद्ले विसं २०८० चैत २५ गतेदेखि यही वैशाख १ गतेसम्म चितवनमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २१ रजत र २९ कास्य गरी ७१ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया