दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल « Khabarhub

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानून नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रूपरेखा समेत ल्याउन नसकेको जिकिर गरे ।

त्यस्तै संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन समेत कानून बनाउन नसकेको उनले बताए। उनले अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरुसंग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै नबनेको धारणा राखे ।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरूसँग राज्यबाट लाभ र सुविधा भागबन्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको उनले बताए । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ५ : ५१ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा