भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ? « Khabarhub

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो।

छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७३२ मतदान केन्द्र तोकिएको छ।

पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५–५, झारखण्डका ३, जम्मु–कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो।

पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ।

अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि चार चरणको चुनाव सकिएको हो।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : ५३ बजे

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको

झापामा घरेलु तथा साना उद्योगबाट करिब साढे दुई करोड राजस्व सङ्कलन

झापा– घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष

मानव सेवा आश्रम चितवनबाट ११२ जना पुनःस्थापना

चितवन– मानव सेवा आश्रम चितवनले ११२ जनालाई पुनःस्थापना गरेको छ

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल