भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ? « Khabarhub

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो।

छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७३२ मतदान केन्द्र तोकिएको छ।

पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५–५, झारखण्डका ३, जम्मु–कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो।

पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ।

अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि चार चरणको चुनाव सकिएको हो।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ६ : ५३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको