कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखे पछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

आइतबार गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि चित्त नबुझे नेपाली काँग्रेसले बोल्न पाउनुपर्छ भन्ने सहमति सभामुख देवराज घिमिरेले उल्लंघन गरेको भन्दै कांग्रेसले यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ ।

त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर महामन्त्री गगन थापाले आज बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताइसकेका छन् ।

उनले भनेका छन्– ‘संसद ठीक ढङ्गले चल्नुपर्छ भन्ने हामी चाहन्छौँ, बिहान ११ बजे सदनको बैठक अगाडि हामीले संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो, त्यो उद्देश्यका लागि समिति बनाउने गरी प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास राख्छौँ, त्यसो भएन भने संसद्को कामकारबाही अघि बढ्दैन ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : १२ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द