आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली | Khabarhub Khabarhub

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य चर्चाको विषय बनेको छ। सुरुका आठ खेलमा सात पराजयको सामना गरेको समयमा आरसिबीका लागि प्ले अफ प्रवेश लगभग असम्भव थियो।

लगातार ६ खेलमा जित मात्र हात पारेन आरसिबीका लागि अन्य खेलको नतिजा पनि अनुकूल बने। अन्त्यमा समान १४ अङ्क भएका चेन्नाई सुपर किङ्स, दिल्ली क्यापिटल र लखनउ सुपर जेन्ट्सलाई पाखा लगाउँदै आरसिबी प्लेअफमा प्रवेश गरेको हो।

आईपिएलको यात्रामा सबै टोलीको मुख्य चुनौती भनेको कोलकाता नाइट राइडर्स नै हो। 

यसले आरसिबीलाई कहाँसम्म प्रवेश गराउने भन्ने पक्का छैन। तर यो यात्रा उत्कृष्ट कम ब्याकको एउटा नमुना हो। जसको नायक विराट कोहली बनेका छन्।

आईपिएलमा अबको यात्रामा सबै टोलीको मुख्य चुनौती भनेको कोलकाता नाइट राइडर्स नै हो। गौतम गम्भीरको प्रशिक्षणमा रहेको कोलकाताले सन् २०१४ को आईपिएलमा त्यसै किसिमको कम ब्याक गरेको थियो। जसरी अहिले आरसिबीले गरेको छ । त्यो कम ब्याकमा गौतम खेलाडीकै रूपमा कोलकाताको नेतृत्व गरिरहेका थिए।

पहिला केही सिजन कमजोर रहेको कोलकाताले २०१२ मा एक पटक उपाधि जिती सकेको थियो। सन् २०१४ मा युएईमा भएको सुरुका ५ लिग खेलमा एक मात्र जित हात पार्न सफल भएको थियो। अनुभवी ज्याक कालीसलाई विस्थापन गर्दै रोबिन उथ्थपालाई पारीको सुरुवात गर्न लगाएपछि खेलले नयाँ मोड लिएको थियो।

 

दोस्रो ब्याटिङ गरेर लगातार ५ खेल जित्न सो टोली सफल भएको थियो। अन्तिम लिग खेलमा सनराइजर्स हैदरवादसँग युसुफ पठानले थोरै बलमा अर्थशतकको कीर्तिमानसहित २२ बलमा ७२ रन प्रहार गरे। ६ ओभर बाँकी रहँदा १६० रनको लक्ष्य पुरा भएको थियो। त्यसपछि राम्रो रन रेटको आधारमा कोलकाताले चेन्नाईलाई पछि पारेको थियो। त्यसपछि क्वालीफायर र फाइनलमा नै कोलकाताले पन्जाबलाई हराएको हो।

 

आईपिएलले क्रिकेटमा एउटा रोमाञ्चकता नै थपेको छ। धेरै पटक आउट भइसकेको झैँ लाग्ने टिमले नसोचेको कम ब्याक गर्दै आफूलाई प्रतियोगितामा उभ्याउन सफल भएको आइपिएल इतिहास छ। यस किसिमले कम ब्याक गर्ने टोलीमा मुम्बई इन्डियन पनि छ। विगतमा केही आईपिएलमा त मुम्बई ले साँच्चै सनसनी नै फैलाएको थियो।

सन् २०१५ मा मुम्बईले सुरुवातका ७ खेलमा पराजयको सामना गरेको थियो। त्यस पछिका १० खेलमा मुम्बई ले नौ खेल जित्यो। त्यसमा फाइनल पनि समावेश थियो। त्यो जित सहित मुम्बई दोस्रो पटक आईपिएल जित्न सफल भयो।

सन् २०१० मा चेन्नाई सुपर किङ्सले सुरुवाती ७ मध्येको ५ खेलमा पराजयको सामना गरेको थियो। त्यसपछि खेलेका नौ मध्येको ७ खेलमा जित हात पार्दै चेन्नाई उपाधि जित्न सफल भयो। चेन्नाईको सो दोस्रो आईपिएल थियो।

 

सन् २०११ मा आरसिबीको कहानी अर्कै छ। पहिलो ३ सिजनमा सो टोलीलाई टेस्ट टोली झैँ भएको आरोप लागेको थियो। त्यो वर्ष टोलीमा व्यापक परिवर्तन गरिएको थियो। पुरानो टोलीमा कोहलीलाई राख्दै अन्य परिवर्तन गरिएको थियो । डानियल भिटोरी, एबी डी भिलियर्स र तिलकरत्ने दिलसान समावेश थिए।

 

त्यस टोलीले सिजनको पहिलो खेल जितेको थियो। त्यसपछिका तीन खेलमा लगातार हारको सामना गरेको थियो। खेल सकिँदा तालिकाको पुछारमा थियो। यसपछि घाइते भएका डर्क नुनेसको स्थानमा कृश गायल राखिए। त्यहीबाट आरसिबीको भाग्य परिवर्तन भएको थियो। आफ्नो पूर्व टोली कोलकाताविरुद्ध उनले शतक प्रहार गरे।

त्यसपछि लगातार ७ खेलमा सफलता पाएको सो टोलीले तालिकामा पहिलो स्थान पाएको थियो। फाइनलमा चेन्नाइसँग आरसिबी पराजित भएको थियो।

सन् २०१२ मा चेन्नाईलाई सुरुवातमा नै दाबेदार टोलीको रूपमा हेरिएका थियो। यसअघि नै दुई पटक उपाधि जितको सो टोलीमा रवीन्द्र जडेजा थपिएका थिए। तर चेन्नाईको खेल सोच अनुरूप सुरुवाती दिनमा भएन। १२ खेलमा चेन्नाईले ५ जित हात पारेको थियो।

चेन्नाई प्ले अफमा प्रवेश गर्ने सम्भावना अत्यन्त कम भइसको थियो। अन्तिम २ खेलमा मुम्बई र दिल्लीलाई हराएपछि चेन्नाईको भाग्य फेरिएको थियो। त्यसपछि कम ब्याक गरेको चेन्नाईले ५ संस्करण मध्ये ४ मा फाइनल प्रवेश गर्ने सफलता पाएको थियो। फाइनलमा चेन्नाईलाई कोलकाताले हराएको थियो।

 

सन् २०१६ मा विराट कोहली र एबी डी भिलियर्सले आरसिबीका लागि त्यस्तै राम्रो प्रदर्शन गरेका थिए। त्यसका बाबजुद डेथ बलिङका कमजोर सो टोलीले पहिलो ७ खेलमा दुई मा मात्र जित हात पारेको थियो। त्यसपछिका खेलमा युजभेन्द्र चावल र सेन वाटसन जम्न थाले। हरेक टोलीसँग सही समयमा विकेट लिन उनीहरू सफल भए। खेलमा फर्किएको कोहली नेतृत्वको टोली फाइनल प्रवेश गर्न सफल भयो।

फाइनलमा सनराइजर्स हैदरावादले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा सो टोली थियो। १० ओभरमा कुनै विकेटको क्षति ११० रन बनाएको आरसिबीले त्यसपछि लगातार विकेट गुमाएपछि ८ रनको हार सहेको हो।

सन् २०१४ मा भारतमा निर्वाचन भएका कारण सुरुवातका खेल युएईमा भएका थिए। युएईमा भएको लेगमा मुम्बई खराब अवस्थामा थियो। एक पटक अप्ठेरो अवस्थामा परेको मुम्बईले माइक हसी र लेन्डी सिमोन्सलाई टिममा समावेश गरेको थियो। त्यसअघि सुरुवातमा ५ खेलमा मुम्बईले हारको सामना गरेको थियो।

अन्तिम ४ खेलमा जित अति आवश्यक थियो। राजस्थान रोयल्ससँगको अन्तिम लिग खेलमा मुम्बईले १४ दशमलव ४ ओभरका १९० रनको लक्ष्य पुरा गर्न आवश्यक थियो। कोरे एन्डरसनलाई तेस्रो क्रममा ब्याटिङ गर्न लगाइएको थियो। उनले ४४ बलमा ९५ रन प्रहार गरे। सोही ब्याटिङका कारण मुम्बई दुर्लभ लाग्ने लक्ष्य पुरा गर्दै प्ले अफमा प्रवेश गरेको थियो। इलिमिनेटरमा मुम्बई चेन्नाईसँग पराजित भएको थियो।

यो सिजनमा पहिलो क्वालिफायर कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बिचमा हुनेछ। अन्तिम लिग खेल पनि वर्षाले अवरोध भए पछि राजस्थान रोयल्स तेस्रो स्थानमा सीमित हुँदै आरसिबीसँग इलिमिनेटर खेल्ने निश्चित भएको हो। जसरी मुम्बई कम ब्याक टोली हो, राजस्थान पनि लगातार चार खेलको पराजय पछि आरसिबीको सामना गर्न जाँदै छ। स्रोतः क्रिक इन्फो, स्पोर्टेस केडिया, स्पोर्टिङ न्यूज

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ८ : ०४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको