जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी « Khabarhub

जसपा नेपालबाट अलग भएका सात सांसदविरुद्धको रिटमा आज पेसी


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका तर्फबाट दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न हिजो दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

जसपा नेपालबाट अलग भएका अशोक राईको नेतृत्वमा संघीय संसदका ७ जना सांसद रहेका छन् ।
आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।

यसअघि जसपा, नेपालबाट छुटिएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको विषयमा अध्यक्ष यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले नयाँ दल दर्ताको प्रक्रिया यथास्थानमा राख्न निर्वाचन आयोगलाई अल्पकालीन आदेश दिएको थियो ।

वैशाख २३ जसपा नेपालबाट विभाजित भएको नयाँ जसपालाई वैशाख २४ गते निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको थियो । सो मुद्दामा सर्वोच्चले दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलएको छ ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ८ : ५७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न