इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन « Khabarhub

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको कुनै संकेत नभएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

सरकारी टिभीले भनेको छ, ‘राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टरबाट जीवन आउने कुनै संकेत छैन।’

यता एक इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सलेसमेत दुर्घटनामा हेलिकप्टर ‘पूर्ण रूपमा जलेको’ रिपोर्ट गरेको बिबिसीले उल्लेख गरेको छ।

आइतबार राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएपछि खराब मौसमका कारण उद्धारमा समस्या भएपछि रुसले विशेष टोली पठाएको थियो।

आइतबार खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको थियो।

राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको थियो। खराब मौसमका कारण दुर्घटनापछिका अन्य विवरण प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानसमेत सहभागी भएको बताइएको छ।

६३ वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा गएका थिए। त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।

उनको सवारीमा तीनवटा हेलिकप्टर थिए। अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : १५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका