जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने « Khabarhub

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् ।

गत फागुन २१ गते कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी गठबन्धन बनेपछि प्रतिपक्षमा बस्दै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने विश्वासको मत दिन लागेको हो । संघीय संसदमा जनमत पार्टीका ६ जना सांसद छन् ।

यसअघि जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेपछि जनमत विपक्षमा बसेको थियो । अहिले जसपा सरकारबाट बाहिरिएपछि जनमतले सरकारलाई समर्थन गर्ने भएको हो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ३० बजे

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज