संसदीय छानविन समिति बटमलाइन : कांग्रेस « Khabarhub

संसदीय छानविन समिति बटमलाइन : कांग्रेस


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यान आकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले भने, ‘गृहमन्त्री जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार ढंगले जसरी आफूलाई प्रस्तुत गर्नुभएको छ यसका बारेमा सम्माननीय प्रधानमन्त्रीजीको ध्यान आकृष्ट गर्ने निर्णय आजको बैठकले गरेको छ ।’

उनले संसदीय छानविन समिति गठन कांग्रेसको बटमलाइन भएको पनि बताए ।

‘संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो,’ उनले भने, ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, प्रधानमन्त्रीज्यू समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२–१ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौँ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : २३ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको