प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख « Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध गरेका छन् ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेकाले संसदमा अवरोध नगर्न आग्रह गरेका हुन् ।

उनले आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने भन्दै मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई सहज बनाउनु पर्ने बताए ।

सभामुखले भने, ‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ । जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौँ। प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो ।’ एक सातापछि नै बजेट ल्याउँदैछौं ।

उनले संसदको नेतृत्वको हिसाबले आफूले यसको व्यवस्थापन गर्नैपर्ने उल्लेख गर्दै यसलाई गम्भीरतापूर्वक लिन मुख्य प्रतिपक्षी दल कांग्रेसलगायत विपक्षीसँग आग्रह गरे ।

उनले भने, ‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो । त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ । हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।’

सभामुख घिमिरेले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै सँगसँगै सहमति गरेर अगाडी बढ्ने अभ्यास निर्माण गर्नुपर्ने बताए ।

प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गर्नु सहमतिको एउटा अंश भएको उल्लेख गर्दै अब ध्रुवीकरण नभइ सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार