प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख | Khabarhub Khabarhub

प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसद अवरोध नहोस् : सभामुख


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध गरेका छन् ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेकाले संसदमा अवरोध नगर्न आग्रह गरेका हुन् ।

उनले आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने भन्दै मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई सहज बनाउनु पर्ने बताए ।

सभामुखले भने, ‘संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ । जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौँ। प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो ।’ एक सातापछि नै बजेट ल्याउँदैछौं ।

उनले संसदको नेतृत्वको हिसाबले आफूले यसको व्यवस्थापन गर्नैपर्ने उल्लेख गर्दै यसलाई गम्भीरतापूर्वक लिन मुख्य प्रतिपक्षी दल कांग्रेसलगायत विपक्षीसँग आग्रह गरे ।

उनले भने, ‘आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो । त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ । हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।’

सभामुख घिमिरेले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै सँगसँगै सहमति गरेर अगाडी बढ्ने अभ्यास निर्माण गर्नुपर्ने बताए ।

प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गर्नु सहमतिको एउटा अंश भएको उल्लेख गर्दै अब ध्रुवीकरण नभइ सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ४० बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य