दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान « Khabarhub

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।

महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढी दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए ।

उनका अनुसार ३४ सहकारी समूहका नौ ६९ र ३६ सहकारीका एक हजार दुई सय ९७ किसानले तोरीको उन्नत बीउ पाएका छन् ।

करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई/दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो रु एक सय र तोरीको बीउमा प्रतिकिलो रु ३० अनुदान दिइएको महानगरले जनाएको छ ।

‘अघिल्ला वर्षमा धान र मकैको बीउ अनुदान दिइएका थिए । यस वर्ष भने बजेट अभावका कारण गहुँ र तोरीको बीउमात्रै अनुदानमा दिइएको हो । यसले किसानलाई ठूलो सहयोग पुगेको छ’, उनले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : ४१ बजे

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको