नाराबाजी गरिरहेको कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत | Khabarhub Khabarhub

नाराबाजी गरिरहेको कांग्रेससँग प्रधानमन्त्रीले मागे विश्वासको मत


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राष्ट्र निर्माणका लागि आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका हुन्।

यद्यपि उनले विश्वासको मत मागिरहँदा कांग्रेसका सांसदहरूले भने वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

‘प्रतिपक्षका साथीहरूलाई आग्रह राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्’, उनले भने, ‘राष्ट्र निर्माणमा संसद् विभाजित छैन भन्ने सन्देश दिन विश्वासको मत दिनुस् ।’

प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदा कांग्रेस सांसदहरू भने सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १२ : २७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको