कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने « Khabarhub

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय व्यवस्था र संविधानको हत्या गर्न उद्य्त रहेको आरोप लगाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग सम्बोधन नगेरै प्रधानमन्त्रीले विश्वासको मत मागेपछि कांग्रेसले यस्तो आरोप लगाएको हो ।

कांग्रेसले सरकारको कदममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि सघाइरहेको दाबी गरेको छ ।

‘सरकार र सम्माननीय सभामुखजी मिलेर सहकारी केही दर्जन ठगहरुलाई जोगाउनका लागि संसदीय व्यवस्था र संविधानको हत्या गर्नका लागि उहाँहरू उद्यत हुनुभएको छ भन्ने कुरा देखिँदै गएको छ,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले खबरहबसँग भने ।

संसदीय मर्यादा र मान्यताविपरीत गएर सरकार अगाडि बढ्दै गर्दा सभामुख घिमिरेले निरीह भएर काम गर्नुले व्यवस्था र संविधानको घाँटी निमोठ्ने काममा सरकार र सभाुमख उद्य्त देखिएका उनले बताए ।

‘हामी स्पष्ट रुपले भन्न चाहन्छौं– संसदीय मर्यादा मान्यताका विपरित गएर जसरी सरकार जसरी अगाडि बढी राखेको छ त्यसमा सभामुख निरीह भएर जुन ढंगले काम गरिराख्नुभएको छ यसले यो व्यवस्था र संविधानको घाँटी निमोठ्ने काममा उहाँहरू उद्य्त हुनुहुन्छ,’ लेखकले भने ।

उनले संसद प्रतिपक्षीको हो भन्ने विश्वव्यापी मान्यता स्मरण गराउँदै प्रतिनिधि सभामा आफूहरुलाई बोल्न नदिएकोप्रति आपत्ति पनि जनाए ।

‘संसद प्रतिपक्षको हो भन्ने विश्वव्यापी मान्यता छ । संसदमा प्रतिपक्षले उभिएर केही बोल्न चाह्यो भने प्राथमिकता दिनुपर्ने संसदीय मान्यता हो, मर्यादा हो,’ उनले भने, ‘हामीलाई हिजो पनि संसदमा बोल्न दिइएन, आज पनि बोल्न दिइएन ।’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन साता बाँकी रहँदा-रहँदै हतारमा विश्वासको मत लिनुको कारणबारे पनि प्रश्न गरे ?

‘एक महिना बाँकी छ, आज सात दिन भएको छ । यतिका दिन बाँकी छँदाछँदै प्रतिपक्षीको कुरा नसुनेर सहकारी पीडितलाई न्याय दिने कुरा नगरेर, सहकारी ठगहरुको छानबिन गर्नका लागि समिति बनाउने तर्फ नगएर हतार–हतारमा प्रधानमन्त्रीले विश्वासको मत आजै दिनुपर्ने कारण के प¥यो ? त्यो पनि प्रतिपक्षलाई बोल्न नदिएर, संसदमा स्पेस नदिएर,’ उनले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ५० बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर