प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति « Khabarhub

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभासमक्ष चोथो पटक विश्वासको मत माग्ने क्रममा सोमबार प्रधानमन्त्रीले आफूलाई कांग्रेसले रोकेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटकपटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ,’ उनले भनेका थिए, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो। तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ । तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसद्‍बाट बाहिरिने क्रममा कांग्रेस प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले आज संसदमा जुन भाषा बोल्नुभयो, त्यो घोर आपत्तिजनक भाषा छ । यस्ता शब्द हाम्राविरुद्ध प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको