कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र  « Khabarhub

कलुवापुर–बेलौरी राजमार्ग अझै भएन कालोपत्र 


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन नसकेको हो । 

सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग तीन वर्षअघि रु १३ करोड बढी रकममा ठेक्का सम्झौता भएको थियो । सडकखण्डको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किमी सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुन सकेको छैन । 

पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार बन्साहा जंगलबाट कलुवापुरसम्मको आठ सय मिटरमा कालोपत्रका लागि बेस राख्ने काम गरिएको छ । बाँकीमा सब बेस राख्ने काम गरिएको छ ।

‘कार्यालयका तर्फबाट सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गर्ने कार्य हुँदै आएको छ’, उनले भने, ‘जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन, ढिलासुस्ती गरिँदै आएकाले कार्यप्रति सन्तोष हुनुपर्ने अवस्था छैन ।’ कलुवापुर बजार क्षेत्रमा सडकको क्षेत्राधिकारबारे विवाद हुँदा काम हुन नसकेको उल्लेख गर्दै उनले हाल ह्मपाइप राख्ने काम भइरहेको बताए।

बन्साहा कलुवापुर बेलडाँडी दोमिल्लासम्मको सडक नौ किमी रहेको छ । यस सडकलाई बंक नायल सडकसँग जोडने पूर्वाधार विकास कार्यालयको योजना रहेको छ । सडक कालोपत्रका लागि सन्तोषी–थेगिम जेभीसँग २०७८ साउन २० गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले काम समयमै पूरा नगर्दा स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् । 

स्थानीय अतुलबहादुर ऐरले सडक निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा निर्धारित समयभित्रै काम सडक कालोपत्रको काम हुन नसकेको बताए । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ४१ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि