इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त « Khabarhub

इरानी राष्ट्रपति रायसीको मृत्युप्रति विश्वका नेताद्वारा शोक व्यक्त


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलंका, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र संगठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताएका छन् । 

राष्ट्रपति सी चिनफिङले भने, ‘इरानी राष्ट्रपति रायसीको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताए। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एक जना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताए ।

पुटिनले भने, ‘रायसी एक उत्कृष्ट राजनीतिज्ञ थिए। उनको सम्पूर्ण जीवन आफ्नो मातृभूमिको सेवामा समर्पित थियो ।’ 

पुटिनद्वारा जारी शोक वक्त्रव्यमा भनिएको छ, ‘रूसको एक सच्चा मित्रको रूपमा उनले हाम्रो देशसँग एक असल छिमेकीको सम्बन्धको विकासमा व्यक्तिगतरूपमा उहाँले अमूल्य योगदान गरेका थिए ।”’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्  । 

‘उनको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ,’मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । ‘दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।” 

भारत र इरानबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । अमेरिकी प्रतिबन्धका बावजुद पनि विश्वको प्रमुख अर्थव्यवस्था भारतले इरानबाट धेरै वर्षदेखि ठूलो मात्रामा तेल आयात गर्दै आएको छ । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तम्भ भएको बताए ।

“राष्ट्रपति रायसी र उनका साथीहरूको मृत्युप्रति शोक व्यक्त गर्न र इरानको राष्ट्रिय शोकको यस घडीमा ऐक्यबद्धता जनाउन पाकिस्तानले सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

‘उक्त दिन पाकिस्तानले आफ्नो राष्ट्रिय झन्डालाई आधा झुकाउनेछ’ शहबाजले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ३४ बजे

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत