खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?   « Khabarhub

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु पनि भन्ने गर्छन् । यो विशेष गरी विवाहित महिलाको औँलामा बढी देख्ने गरिन्छ । विशेष गरी तराइ भेगका महिलाहरूमा यो लगाउने प्रचलन बढी छ ।

वैज्ञानिक अर्थमा पनि खुट्टाको दोस्रो औँलाको नशा पाठेघर भई मुटुसम्म जोडेको हुन्छ । त्यस कारण खुट्टाको औँलामा यसरी बिछिया लगाउँदा पाठेघरमा दबाब सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ । बिछियालाई सोह्र शृङ्गारकै अंश मानिन्छ ।

ज्योतिषशास्त्रका अनुसार विवाहित महिलाले खुट्टाको औँलामा औँठी लगाउनाले दाम्पत्य जीवनमा सुख शान्ति प्राप्त हुन्छ । महिलाले आफ्नो दोस्रो र तेस्रो औँलामा औँलाको औँठी लगाउनु पर्छ। यसो गर्दा पति पत्नीको सम्बन्ध सुमधुर रहन्छ । यसका साथै धनकी देवी लक्ष्मी पनि प्रसन्न हुन्छिन् । नकारात्मक ऊर्जा पनि टाढा रहन्छ ।

बिचिया रामायणसँग पनि सम्बन्धित छ । रावणले सीताको अपहरण गर्दा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले सजिलै भेट्न सकुन् भनेर आफ्नो बिछिया बाटोमा फालेकी थिइन् ।

श्राेत : अन्तर्राष्ट्रिय मिडियाकाे सहयाेगमा 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ०३ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे