इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधनमा नेपालले भन्यो : अत्यन्त दुःखी छौँ « Khabarhub

इरानी राष्ट्रपति र विदेशमन्त्रीको निधनमा नेपालले भन्यो : अत्यन्त दुःखी छौँ


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री डा. हुसेन अमिर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ- ‘हिजो हेलिकोप्टर दुर्घटनामा परी इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा. सैयद इब्राहिम रइसी र विदेशमन्त्री महामहिम डा। हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको खबरले हामी अत्यन्तै दुःखी भएका छौँ ।’

परराष्ट्रले शोकको यस घडीमा शोकसन्तप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानसहित हेलिकप्टरमा सवार ९ जनाको मृत्यु  भएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : २६ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा