इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू « Khabarhub

इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन सुरू


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’  विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिकरूपमा सुरू भएको छ ।
सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको छ ।

दशौँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ ।

सम्मेलनका अवसरमा बोल्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसानहरू खडेरीको चपेटामा पर्ने अनुमान गरेका छन्  ।  

विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पनि पानीले मानिसहरूलाई  एकजुट गर्ने तर पृथ्वीलाई मानिसहरूले क्षति पुर्‍याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताए। 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ४ : ५१ बजे

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले