राफाहबाट आठ लाख मानिसहरू विस्थापित « Khabarhub

राफाहबाट आठ लाख मानिसहरू विस्थापित


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मे महिनाको सुरुदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरू राफाहबाट विस्थापित भएका छन् । 

प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामको लागि नयाँ अपील गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गरेका हुन् । 

राफाहको लगभग आधा जनसङ्ख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक  सञ्जाल  एक्समा गरेको पोस्टमा उल्लेख छ । 

मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनूसका मध्य क्षेत्रहरूमा गएका हुन् । 

गाजा र खान युनुसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाई हुने उनले बताए। 

गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको  लाजारिनीले उल्लेख गरे।  

गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिसहरु सुरक्षित नरहेको उनले उल्लेख गरे। 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ५ : २० बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन