उपेन्द्रले अशोकसहित सात सांसदविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ « Khabarhub

उपेन्द्रले अशोकसहित सात सांसदविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार सर्वोच्च अदालतमा दर्ता गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी सूचीको अन्तिममा रहेको यो रिटमा सुनुवाइ नभइ हेर्न नभ्याइनेमा परेको हो ।

यादवले गत वैशाख २३ गते पार्टी फुटाएर नयाँ जसपा बनाएका अशोक राईसहित ७ सांसदलाई संसदीय गतिविधिमा सहभागी हुनबाट रोक लगाउन मागसहित आइतबार रिट दायर गरेका थिए ।

यादवले उनीहरूलाई सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतमा पनि सहभागी हुन नपाउने गरी रोक लगाउने आदेश माग गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधबीच प्रतिनिधिसभाबाट तेस्रो कार्यकालको चौथो पटक विश्वासको मत लिएका छन् । प्रचण्डको पक्षमा १५७ सांसद उभिएका छन् ।

जसमध्ये अशोक राई नेतृत्वको जसपाका ७ सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए ।

यादवले नै यसअघि दल विभाजनविरुद्ध दिएको रिटमाथि मंगलबार पेसी तोकिएको छ । तर यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा सुनुवाइ हुने नहुने टुंगो छैन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ५ : ५१ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली