भारतको छत्तीसगढमा सडक दुर्घटना, १८ मजदुरको मृत्यु | Khabarhub Khabarhub

भारतको छत्तीसगढमा सडक दुर्घटना, १८ मजदुरको मृत्यु


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।

दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ६ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग