१०७ किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

१०७ किलो गाँजासहित एक जना पक्राउ


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही  जिल्लाको  पर्सा गाउपालिका  १ बस्ने २१ बर्षिया चन्दन यादव  रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक  धर्मराज मुडभरीले जानकारी दिए ।

प्रहरीले जलेश्वर–बर्दिबास  सडकखण्डको औरही नगरपालिका वडा नम्बर ८ स्थित टिम्कियाबाट यादवलाई गाँजा सहित पक्राउ गरेको हो । बि.आर ३० ए.एच २३८८ नम्बरको कारलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा २० वटा पोकामा १०७ किलो गाँजासहित यादवलाई पक्राउ गरिएको  महोत्तरी प्रहरीका प्रवक्ता धर्मराज मुडभरीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि  लागू औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ६ : ५८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४