बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव « Khabarhub

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका छन् ।

१५ औं राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा परिवार समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले मुलुकको परिवर्तनमा सहिद बेपत्ताहरूको महत्त्वपूर्ण योगदान भए पनि अहिले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका हुन् ।

उनले जनयुद्धमा बेपत्ता भएकाहरू राज्यको परिवर्तनका हकदार भएकाले उनीहरूको स्वामित्व राज्यले लिनुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायका विषयमा दलहरुबीच फरक–फरक नभई समाज धारणा बनाउनुपर्ने र बेपत्ता योद्धा परिवारका गुनासा सुन्नुपर्नेमा जोड दिए ।

सहिद परिवारका बारेमा राज्य अलि गम्भीर देखिए पनि बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ७ : ०८ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा