शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल | Khabarhub Khabarhub

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताएका छन् ।

आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसहासचिव पोखरेलले शिक्षकहरूले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति गर्न नहुने बताएका हुन्।

उनले भने, “शिक्षकले राजनीति गर्ने हैन, पार्टीलाई सल्लाह सुझाव दिन सक्छन्, पढाउने समयबाहेक अन्य समय पार्टीलाई दिन सक्छन् तर झन्डा बोकेर चुनावै लड्न शिक्षाको नैतिकताले दिँदैन, गर्नु पनि हुँदैन ।”

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका विषयमा स्थायी समितिको बैठकमा विशेष छलफल भइसकेको बताए । उनलेअबका दिनमा यस्ता गल्ती नदोहो(याउने निर्णय भएको प्रस्ट पारे ।

उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई बनाउने निर्णय भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : ०१ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन