एक सय सात किलो गाँजासहित कार चालक पक्राउ | Khabarhub Khabarhub

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज एक कार चालकलाई पक्राउ गरेको छ ।

सर्लाही जिल्ला पर्सा गाउँपालिका–१ का २० वर्षीय चन्दन यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारले बताए ।

बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गर्दा औरही नगरपालिका ८ स्थित टिम्कियामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको थियो ।

बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आजै महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ९ : ४९ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका