हरेक वर्ष कोइलावासमा पानीको समस्या « Khabarhub

हरेक वर्ष कोइलावासमा पानीको समस्या


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम सुरु भएपछि हरेक वर्ष पिउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउँछ । गर्मी सुरु भएपछि पानीको समस्या हुने गरेको उनको अनुभव छ । कोइलाबासमै जन्मिएका ५७ वर्षीय तुलाधरले थाहा पाएदेखि हरेक वर्ष पानीको समस्या हुने गरेको बताए ।

गर्मी सुरु भएपछि कुवा, इनार तथा खोलामा पानी सुक्ने उनले बताए । कोइलाबासका एक सय २० घरधुरीले पानीको समस्या भोग्नु परिरहको छ । किनेर पिउन सक्नेले भारतीय जारको पानी पिउने गरेका छन् । स्थानीयवासी भारतीय व्यापारीले ल्याउने जारको पानी किनेर पिउन बाध्य छन् ।

भारतबाट पानी ल्याउने व्यापारीको समेत बिक्रिका लागि पानी ल्याउने कुनै निश्चित समय हुँदैन । यदि आफै आफैं पानी लिन जानुपरे भारतको बलरामपुर पुग्नुपर्ने स्थानीयवासीको गुनासो छ । बलरामपुर कोइलावासबाट आठ किलोमिटर टाढा छ । त्यसमाथी नाकामा आवतजावत गर्न सहज छैन ।

स्थानीय नरेश अधिकारीले यहाँको पानीको समस्या समाधानका लागि हालसम्म कुनै निकायले पहल नगरेको बताउँछन् । “मानिसले कपडा धुने, नुहाउने, गाईवस्तुलाई खुवाउने र चराचुरुङ्गीले खाने पानी पाउन समस्या छ”, अधिकारीले भने । उनका अनुसार खोलामा खाडल बनाएर त्यसैबाट आएको पानी ट्याङ्कीमा जम्मा गरेर तीनरचार दिनमा वितरण गर्ने गरिएको छ ।

पानीको समस्या विगत लामो समयदेखि भए पनि समाधानका लागि ठोस पहल नभएको उनको भनाइ छ । वडाको बजेट पर्याप्त नहुने र पालिका तथा सङ्घ, प्रदेशबाट सहयोग नहुँदा समस्या समाधान हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार