हरेक वर्ष कोइलावासमा पानीको समस्या « Khabarhub

हरेक वर्ष कोइलावासमा पानीको समस्या


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम सुरु भएपछि हरेक वर्ष पिउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउँछ । गर्मी सुरु भएपछि पानीको समस्या हुने गरेको उनको अनुभव छ । कोइलाबासमै जन्मिएका ५७ वर्षीय तुलाधरले थाहा पाएदेखि हरेक वर्ष पानीको समस्या हुने गरेको बताए ।

गर्मी सुरु भएपछि कुवा, इनार तथा खोलामा पानी सुक्ने उनले बताए । कोइलाबासका एक सय २० घरधुरीले पानीको समस्या भोग्नु परिरहको छ । किनेर पिउन सक्नेले भारतीय जारको पानी पिउने गरेका छन् । स्थानीयवासी भारतीय व्यापारीले ल्याउने जारको पानी किनेर पिउन बाध्य छन् ।

भारतबाट पानी ल्याउने व्यापारीको समेत बिक्रिका लागि पानी ल्याउने कुनै निश्चित समय हुँदैन । यदि आफै आफैं पानी लिन जानुपरे भारतको बलरामपुर पुग्नुपर्ने स्थानीयवासीको गुनासो छ । बलरामपुर कोइलावासबाट आठ किलोमिटर टाढा छ । त्यसमाथी नाकामा आवतजावत गर्न सहज छैन ।

स्थानीय नरेश अधिकारीले यहाँको पानीको समस्या समाधानका लागि हालसम्म कुनै निकायले पहल नगरेको बताउँछन् । “मानिसले कपडा धुने, नुहाउने, गाईवस्तुलाई खुवाउने र चराचुरुङ्गीले खाने पानी पाउन समस्या छ”, अधिकारीले भने । उनका अनुसार खोलामा खाडल बनाएर त्यसैबाट आएको पानी ट्याङ्कीमा जम्मा गरेर तीनरचार दिनमा वितरण गर्ने गरिएको छ ।

पानीको समस्या विगत लामो समयदेखि भए पनि समाधानका लागि ठोस पहल नभएको उनको भनाइ छ । वडाको बजेट पर्याप्त नहुने र पालिका तथा सङ्घ, प्रदेशबाट सहयोग नहुँदा समस्या समाधान हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : १६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस