आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन « Khabarhub

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । व्यास नगरपालिकाले सोही वडाका अध्यक्ष अनुप रानाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य रहेका छन् ।

तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न समितिलाई भनिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । आगजनीबाट धनसम्पत्ति नोक्सान हुने पीडितको राहत सहयोगका लागि विवरण सङ्कलन गर्न लागिएको उनले बताए । नगरपालिकाले आगलागी नियन्त्रणमा सहयोग गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, पृथ्वीराजमार्ग सडक आयोजना, तनहुँ जलविद्युत आयोजनालाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट रु सात करोड ६० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले प्रारम्भिक अनुसन्धानबाट उक्त क्षति अनुमान गरिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २३ वटा पसल आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

रासस

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : ४६ बजे

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष

भूमिहीन र सुकुम्वासीलाई जग्गाका लागि आवेदन खुला

काठमाडौं– भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन