आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन « Khabarhub

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । व्यास नगरपालिकाले सोही वडाका अध्यक्ष अनुप रानाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य रहेका छन् ।

तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न समितिलाई भनिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । आगजनीबाट धनसम्पत्ति नोक्सान हुने पीडितको राहत सहयोगका लागि विवरण सङ्कलन गर्न लागिएको उनले बताए । नगरपालिकाले आगलागी नियन्त्रणमा सहयोग गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, पृथ्वीराजमार्ग सडक आयोजना, तनहुँ जलविद्युत आयोजनालाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट रु सात करोड ६० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले प्रारम्भिक अनुसन्धानबाट उक्त क्षति अनुमान गरिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २३ वटा पसल आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

रासस

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : ४६ बजे

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू)

काठमाडौं– मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र

एक सातामा ५५ जनामा देखियो डेंगु, ७ हजार नाघे सङ्क्रमित

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५५ जनामा डेंगुको सङ्क्रमण देखिएको

८२ सालको सबैभन्दा बढी कमाउने फिल्म बन्यो ‘परान’, तेस्रो साताको ब्यापार करोडमाथि व्यापार

काठमाडौं – दीपक आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको फिल्म ‘परान’ले

काठमाडौं महानगरको राजस्व परामर्श समिति बैठक

काठमाडौं– नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने

पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि