आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन | Khabarhub Khabarhub

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । व्यास नगरपालिकाले सोही वडाका अध्यक्ष अनुप रानाको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइ सभापति सुकनारायण मल्ल, पीडितका तर्फबाट केहरसिंह आले, प्रतापसिंह अधिकारी र नगरपालिकाका इन्जिनियर सुवास गौतम सदस्य रहेका छन् ।

तीन दिनभित्र क्षतिको विवरण सङ्कलन गरी पेस गर्न समितिलाई भनिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । आगजनीबाट धनसम्पत्ति नोक्सान हुने पीडितको राहत सहयोगका लागि विवरण सङ्कलन गर्न लागिएको उनले बताए । नगरपालिकाले आगलागी नियन्त्रणमा सहयोग गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, पृथ्वीराजमार्ग सडक आयोजना, तनहुँ जलविद्युत आयोजनालाई धन्यवाद ज्ञापन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको प्रारम्भिक अनुमानअनुसार आगलागीबाट रु सात करोड ६० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले प्रारम्भिक अनुसन्धानबाट उक्त क्षति अनुमान गरिएको जानकारी दिए ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २३ वटा पसल आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । यहाँ आइसिक्रम पसल, सैलुन, फलफूल, मदिरा, मोबाइल, पुस्तक पसल, दूध डेरीलगायत सञ्चालनमा थिए ।

रासस

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १० : ४६ बजे

‘बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन’- प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई

राशिद खान : कुनै बेला युद्धबाट ज्यान जोगाउन शरणार्थी बनेका थिए

एजेन्सी- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानका कप्तान राशिद खानले क्रिकेटका

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सुरु

काठमाडौं– नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’

काठमाडौं– नेकपा (एमाले)का सांसद्‌ रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई