सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित « Khabarhub

सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

अमेरिकाका लागि आन्द्रियस गोउसले नटआउट ५ चौका र ५ छक्काको ४७ बलमा ८० रनको योगदान दिए। तर अमेरिकालाई जित दिलाउन सकेनन्।

हरमित सिंहले गोउससँग ९१ रनको साझेदारी गर्दा उनले ३८ रन बनाएका थिए।

ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदा कोरी एन्डरसनले १२ बलमा १२ रन जोडेका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

दक्षिण अफ्रिकाका लागि कासिगो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले एकएक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो। उसका लागि ओपनर क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए। उनले मात्र ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै उनले शानदार अर्धशतक बनाए।

कप्तान ऐडन मार्क्रमले ३२ बलमा ४६ रन रन जोड्दा हेनरिच क्लासनले २२ बलमा ३६ रन बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा २० रन बनाएका थिए।

अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले समान दुईदुई विकेट हात पारेका थिए।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : २६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको