जर्मनी अन्तिम १६ मा प्रवेश | Khabarhub Khabarhub

जर्मनी अन्तिम १६ मा प्रवेश


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा आयोजक जर्मनी अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा हंगेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा उक्लिएको हो ।

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले एक–एक गोल गरेका थिए ।

खेलको २२औँ मिनेटमा मुसियालाले जर्मनीलाई सुरुवाती अग्रता दिएका थिए । यस्तै, ६७औँ मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा आयोजक जर्मनी २–० गोलले विजयी भयो ।

यो जितसँगै जर्मनीको दुई खेलबाट ६ अंकका साथ समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको हंगेरी अंकविहीन छ । पहिलो खेलमा जर्मनीले स्कटल्याण्डलाई हराएको थियो भने हंगेरी स्विट्जरल्याण्डसँग पराजित भएको थियो ।

यो पनि…
युरोकप २०२४ : क्रोएसिया र अल्वानियाको रोमाञ्चक बराबरी

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : १३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार