वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई दियो १८१ रनको चुनौती


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई १८१ रनको चुनौती दिएको छ।

टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभर खेल्दै चार विकेटको क्षतिमा १८० रन बनाएको हो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ३८ रन बनाए। निकोलस पुरन र कप्तान रोभम्यान पावेलले समान ३६–३६ रन बनाए। सम्हालिएर खेलेका पुरनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने आक्रामक ब्याटिङ गरेका पावेलले १७ बलमा ५ छक्का प्रहार गरे। शेर्फेन रदरफोर्डले नटआउट २८ रन बनाएको खेलमा ब्रान्डन राजाले २३ रन हिर्काए।

इंग्ल्याण्डका लागि जोफ्रा आर्चर, आदिल रशीद, मोइन अली र लियाम लिभिङस्टोनले समान एकएक विकेट हात पारे।

विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन्।

समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै राख्न चाहन्छ। इंग्ल्याण्डसमेत सुपर ८मा सुखद् नतिजाको अपेक्षासहित मैदानमा छ।

बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : १९ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि