संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा « Khabarhub

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।

सभामुखको सरकारी निवासमा जारी बैठकमा संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन र समाधानका विषयमा छलफल भइरहेको हो ।

यस विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरुका प्रश्नमा जवाफ दिने कार्यसूची रहेकोले बिहान ११ बजे बैठक बस्नु अघि नै समस्या समाधानको प्रयास भइरहेको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन्। केही दिनदेखि निरन्तर आन्दोलित उनीहरूले कार्यालय समयबाहेकमा काम गर्न नसक्ने जनाउँदै आएका छन् ।

कर्माचारीहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको मात्रै अनुहार देखाएर प्रत्यक्ष प्रसारण गर्दै विरोध जनाएका थिए । जसका कारण संसद बैठक नै स्थगित गरिएको थियो ।

यो पनि…
संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि…

 

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : ३४ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति