सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, केही घाइते | Khabarhub Khabarhub

सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, केही घाइते


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ९ : २६ बजे

तौलिया हप्तामा कति पटक धुनुपर्छ, स्वास्थ्यसँग के छ सम्बन्ध ?

काठमाडौं– तौलिया भनेपछि हामी सबै दिमागमा यसको प्रयोगको बारेमा आउँछ

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि

न्यु क्याशलको जितमा इसाकले गरे दुई गोल

काठमाडौं – अलेक्जेन्डर इसाकले सानदार फर्मलाई कायम राख्दै दुई गोल

कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गर्दै  

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी

राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।