भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु « Khabarhub

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरूले विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएको छ ।

प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट मिथानोल मिसाइएको
करिब दुई सय लिटर विषालु मदिरा बरामद भएको छ ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ । उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

२० भन्दा बढीलाई कल्लाकुरिची मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । १८ जनालाई पुडुचेरी जिपमेर र ६ जनालाई सलेममा पठाइएको थियो । उनीहरुको उपचारका लागि विल्लुपुरम, तिरुवन्नमलाई र सलेमबाट औषधि ल्याइएको छ । कल्लाकुरिची अस्पतालमा चिकित्सकको विशेष टोली बोलाइएको छ ।

यो घटनापछि कल्लाकुरिचीका डीएम श्रवणकुमार जाटवाथको सरुवा गरिएको छ भने एसपी समय सिंह मीनालाई निलम्बन गरिएको छ ।

यसबाहेक कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित ९ जना प्रहरी निलम्बनमा परेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ११ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर