प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌ सुचारू हुन नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि पर्याप्त छलफल हुन नसकेको बताएका छन्‌ ।

प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा कांग्रेस सांसद्‌ तेजुलाल चौधरीले राखेका प्रश्नको जवाफ दिँदै दाहालले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माण प्रकृयाको परम्परागत अभ्यासमा परिवर्तन गर्न आफूले पहिल्यै घोषणा गरेको, तर संसद्को कारबाही नियमित सुचारू हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रकृयामा अपेक्षा गरेअनुसारको रुपान्तरण गर्न नसकिएको जवाफ दिएका हुन्‌ ।

सांसद्‌ चौधरीले प्रतिनिधि सभामा सबै २५० सांसद्‌को भूमिका र अधिकार समान छ, तर नेपाल सरकारले र नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याउँदा संघीयता र गणतन्त्र कमजोर पार्छ कि पार्दैन ? निर्वाचन क्षेत्रपिच्छे किन यस्तो विभेद ? भनी प्रश्न गरेका थिए ।

दाहालले सबै पक्षसँग छलफल गरी बजेटमा तालमेल मिलाउने प्रयास गरिएको दाबी गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ०१ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार